नेपाल–खनाल समुहले बनायो काठमाडौंमा समानान्तर समिति, अध्यक्षमा बसन्त मानन्धर

Uml new teem ghosana

काठमाडौं । नेकपा (एमाले) को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । खनाल–नेपाल समूहले आइतबार वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो ।

काठमाडौंमा आयोजित जिल्ला कमिटी घोषणा कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरिएको हो । यो समूहको काठमाडौं जिल्ला उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।

खनाल–नेपाल समूहको शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर एमालेको समानान्तर कमिटी घोषणा गर्ने र विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा धनकुटामा शनिबार नै अर्जुन राईको अध्यक्षतामा समानान्तर समिति बनाइसकेको छ ।

यो समूहको काठमाडौं जिल्ला उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । यो समूहले जिल्ला कमिटीमा रहने सदस्यहरू पनि घोषणा गरेको छ ।

एमालेको काठमाडौं जिल्ला अध्यक्ष भने प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णबहादुर राई हुन् । उनी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेका छन् ।

खनाल-नेपाल समूहको शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर एमालेको समानान्तर कमिटी घोषणा गर्ने र विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभए मुलुकभर समानान्तर गतिविधि सञ्चालन गर्ने यो समूहको निर्णय थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...