राजीनामा नदिए कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने

Ramchandra paudel

काठमाडौं । आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी गर्न थालेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राजीनामा नदिए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।

कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए । उनले अघि भने, ‘अहिले अपोजिसनमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेस गर्छौं ।’

पौडेलले प्रधानमन्त्रीबाट राजीनामा दिन पनि ओलीलाई आग्रह गर्दै भने भने, ‘उहाँले छोड्नुहुन्न भने हामी हटाउँछौँ । प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ ।’

‘हामी यो सरकारको विकल्प चाहन्छौं । ७० वर्षदेखि जुन प्रणाली, जुन सभ्यताका लागि हामीले कष्ट उठायौँ, त्यसमाथि प्रहार भएको छ, त्यसलाई जोखिमतर्फ लगिँदैछ । त्यस कारण हामीले सरकार परिवर्तन गर्छौं भनेर अठोट गरेका छौं,’ उनले भने ।

जनता समाजवादी पार्टी नेपालका माग पुरा गर्न कांग्रेस प्रयासरत रहेको पनि उनले बताए । उनले भने, ‘जनता समाजवादीका नेताहरुसँग हामी कुरा गर्छौं । उहाँहरुका माग पुरा गर्नलाई हामी प्रयास गर्छौं ।’ प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने उनको दाबी छ ।

सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्दै उनले जनता समाजवादी पार्टीको माग पूरा गर्न आफूहरु प्रयासरत रहेको बताए । उनले भने, ‘जनता समाजवादीका नेताहरुसँग कुरा गर्छौं । उहाँहरुका माग पूरा गर्नलाई हामी प्रयास गर्छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...