माओवादी स्थायी समिति बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

Maoist meeting

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा अलमलमा रहेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।

फागुन १ र २ मा बसेको माओवादी केन्द्रीय समिति बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र एजेण्डामा निर्णय लिने अधिकार स्थायी कमिटीलाई प्रदान गरेको थियो ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट जारी स्थायी समिति बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन । यद्यपी माओवादी नेताहरुका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयका साथै साङ्गठानिक विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएको थियो । तर, ओलीको विकल्पमा गठबन्धन तयार नभएकाले केही दिन पछि हटेको थियो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरुले माओवादीलाई समर्थन फिर्ता लिएर देखाउन चुनौति दिइरहेका छन् ।

आजको बैठकमा समर्थन फिर्ताबारे पनि छलफल हुनसक्छ । पार्टीहरुबीचको छलफल, नयाँ सरकार लगायतका विषयमा छलफल हुने भएको छ । आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि छलफल हुनेछ ।

यसअघि माओवादी केन्द्रले दलहरूसँग छलफलका लागि भन्दै केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेको थियो । तर बैठक स्थगित गरेको एक साता बित्दा पनि दलहरूसँग औपचारिक छलफल गर्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...