ओली समक्ष नेपाल–खनाल समुहले राख्यो ५ बुँदे असहमति पत्र

Kp oli

काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष ५ बुँदे असहमति पत्र राखेको छ ।

शनिबार बालुवाटारमा बसेको बैठकमा पुगेर नेपाल पक्षका सांसद सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठले असहमतिपत्र बुझाएको हो ।

३७ जना सांसदहरुको हस्ताक्षर रहेका सो असहमति पत्रमा केन्द्रीय कमिटीको बैठकबाट पारित नभई संसदीय दलको बोर्ड गठन गर्ने कार्य पार्टी विधान विपरीत र कानूनसम्मत नभएको उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधानको धारा ४३ (ख) को ४ बमोजिम संसदीय दल तथा बोर्डको काम, कर्तव्य र अधिकार दलको विधान र नियमावली बमोजिम हुने कुरा स्मरण गराएको छ ।

नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको जिम्मेवारी हटाइएको तथा सदस्यको स्थान रिक्त नै नरहेको केन्द्रीय कमिटीमा पार्टी सदस्यता नै नलिएका व्यक्तिहरूलाई सदस्यका रुपमा मनोनयन गरी महत्वपूर्ण जिम्मेवारी दिइएकोमा आपत्ति जनाएको छ ।

संसदीय दलको बैठक संसदीय दलको कार्यालय वा संसद भवनमा हुनुपर्ने पनि माग गरिएको छ ।

प्रतिकृया दिनुहोस