एमाले संसदीय दलको बैठक आज

Kp oli

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको हो ।

बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सचेतक भट्टराईले भने, “बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।” उनका अनुसार नेपाल पक्षका सांसदहरुले बैठकमा आउनेरनआउने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उनले सबै सांसदहरु बैठकमा आउने विश्वास व्यक्त गरे ।

आजको बैठकमा माधव–झलनाथ पक्षका सांसदहरु जाने सम्भावना भने कम रहेको छ । सो पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आजसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...