यस्तो छ नेपाल पक्षीय भेलामा पेश गरिएको राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

Uml nepal vela

काठमाडौं सर्वाेच्च अदालतले नेकपा (नेकपा)को एकता अबैध घोषणा गरेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा प्रश्न उठ्न थालेको छ । नेपालमा कम्युनिष्ट सत्ता हुँदा पनि टिक्न नसकेको अवस्थामा पार्टी विभाजनको श्रंखलाले पनि अनेकौं प्रश्न जन्माई दिएको छ ।

सर्वाेच्चको फैसलाअघिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहमा रहेको पूर्व एमालेमा बरिष्ठ नेताहरु सर्वाेच्चको फैसला मान्ने भन्दै एमालेमै फर्किए । तर, एमालेभित्र झन विवाद चर्किएको छ । धमाधम गुट उपगुटको भेला हुन थालेपछि नेकपा एमाले विभाजनको नजिक पुगेको छ । आज काठमाडौंमा शुरु भएको माधवकुमार नेपाल पक्षीय कार्यकर्ता भेलाले पनि प्रधामन्त्री ओलीका कारण पार्टी एकीकरण धरापमा परेको निष्कर्ष निकालिएको छ ।

‘२०७७ पागुन २८ गतेको गुट भेलाका निर्णयहरुले पार्टी एकताको आधार कमजोर बनाएका छन् । अध्यक्षको गुटले पार्टी एकतालाई कमजोर बनाउन गरेका ती सबै प्रयासहरुलाई असफल पार्न हामीले सम्पूर्ण पार्टी पङ्तिलाई एकताबद्ध गर्नु पर्छ,’ अवधारणा पत्रमा लेखिएको छ, ‘२०७५ जेष्ठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसङ्गठन र विभागहरुको पुनस्स्थापना गर्नु पर्छ । पार्टीलाई नवौ महाधिवेशनको कार्यदिशा र विधानको आधारमा सञ्चालन गर्नुपर्दछ । नवौं महाधिवेशनपछि उत्पन्न भएका सबै विवादहरुको विधिसम्मत समाधान खोजिनु पर्छ ।’

एमालेको एकतालाई बचाउनु पर्ने भन्दै पूर्वशर्त २०७५ जेष्ठ २ गतेलाई प्रस्थानविन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनु पर्नेमा जोड दिइएको छ । आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयलाई सुनिश्चित गर्न पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने भन्दै अब पार्टीले नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्ने स्पष्ट कार्यदिशा लिनुपर्नेमा जोड दिइएको छ । तथापि एमाले एकै ठाउँ बस्ने सम्भावना न्यून बनेको छ ।

यस्तो छ प्रस्तावको पूर्णपाठ

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...