भ्रष्टाचार उन्मुलन गर्ने नारा लिएका ओलीले नै भ्रष्टाचारीको संरक्षण गरिरहेका छन् : नेता खनाल

Jhalnath

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तीन वर्षसम्म पार्टी दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गएको आरोप लगाएका छन् ।

बुधबार ललितपुरमा भएको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले पार्टीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीको सुरुवात गरेको बताएका छन् । उनले एकीकृत भएको पार्टी नेकपा विचार र एकताको साथ अघि बढेको भए पनि ओलीले गुटबन्दीको सुरुवात गरेको बताए ।

खनालले केपी ओली नेतृत्वको सरकारले बजेटमा पार्टीका कार्यक्रमहरू लागू नगरेको आरोप लगाउँदै उनले त्यसका कारण देश अग्रगतितर्फ जान नसकेको बताए । भ्रष्टाचार उन्मुलन गर्ने नारा लिए पनि ओली आफैँले भ्रष्टाचारीको संरक्षण गर्दै भ्रष्टाचारीहरूको पक्षमा उभिएको आरोप लगाए ।

राजनीतिक नियुक्ति हुने ४ देखि ५ सय ठाउँमा पार्टीमा सल्लाह नगरी ओलीले आफ्ना धुपौरे र आसेपासेलाई नियुक्त गरेको वरिष्ठ नेता खनालको आरोप छ । दुई तिहाइको सरकार भएको समयमा आफ्नो पार्टीले तीन वर्षमा धेरै प्रगतिशील नीति बनाउन सक्ने भए पनि केपी ओलीको स्वेच्छाचारी कदमले पार्टीमा गतिरोध सिर्जना भएको उनको आरोप छ ।

ओलीले पार्टी बैठक राख्नै छाडेको, एकीकृत पार्टीको एकीकरणको काम तीन महिना भित्र पूरा नगरेको खनालको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...