माओवादी केन्द्रको बैठक बस्दै, ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय हुने

Maoist centre headquarter

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ। केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्न लागेको हो।

बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी हुने जनाइएको  छ। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समिकरणबारे छलफल हुने जनाइएको छ।

सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ - आफ्नो कित्तामा लागेका छन् । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् रूपमा जगाएको हो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...