देशभर थपिए ८९ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ । उनीहरुमध्ये थप १ जनासहित हालसम्म ३ हजार ११ जनाको मृत्यु भएको छ ।

यस्तै गत २४ घण्टामा ४२ जना निको भएसँगै २ लाख ७० हजार ९२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८७२ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...