सर्वोच्च अदालतको फैसलाले बेठिक टाइममा न्याय दिने काम गर्यो, यसले विभिन्न ठाउँमा साइड इफेक्ट पार्छ : देव गुरुङ

Dev gurung govyon2mdw

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई “बेठिक टाइम”को न्यायको संज्ञा दिएका छन् ।

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङले “बेठिक टाइम” मा न्याय दिने काम भएको बताएका हुन् ।

उनले अदालतको फैसलाले दलको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको “डेढलक”लाई अझै मद्दत पुग्न सक्ने बताए ए  उनले फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे ।

उनले पार्टी एकीकरणपछि ३ वर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उल्लेख गरे ।

उनले भने “जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन आयोगमा परिरहेको बहसको सम्बन्धमा केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाहिँ उपयुक्त समय हो भन्ने देखिँदैन । न्याय इनटाइममा दिनुपर्थ्यो । बेठिक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरु के कस्तो पार्छ हामीले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जाँदैन । नामको बारेमा मात्रै गरेको हो । ३ वर्षमा धेरै काम भएको छ ।”

उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभए पनि यसले विभिन्न ठाउँमा साइड इफेक्ट पार्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...