संसदीय दलको बैठक सकियो ११५ सांसद उपस्थित भएको ओली पक्षको दाबी  

Kp oli @baluwatar expert discussion 20th saun 2077

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित भएको दावी गरेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सांसदहरुलाई निर्देशन दिँदै भने( ‘हामी हतारिनुपर्ने केही छैन। सरकार ढल्दैन।  तपाईंहरु ढुक्क हुनुहोस्।’

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहको संसदीय दलको बैठक बसेको थियो। बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दाबी गरे।

ओली समूहले पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी हुने दावी गरेका थिए। तर शनिबारको बैठकमा नेता गौतमका साथै उनकी श्रीमती तुलसा थापा र नेता लालबाबु पण्डित पनि उपस्थित भएनन्।

उनीहरु शुक्रबार भएको दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा पनि उपस्थित भएका थिएनन्।प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बेलुका वामदेव गौतमको निवास भैंसेपाटी पुगेका थिए।

दाहाल–नेपाल समूहले शुक्रबार बसेको संसदीय दलको बैठकमा ११७ सांसद उपस्थित भएको दावी गरेको थियो। प्रतिनिधिसभा र राष्ट्रियसभा गरी नेकपाका २२२ सांसद छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...