शनिबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ लाख ७४ हजार ६५५ पुग्यो

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ८२८ पुगेको छ। देशभर हालसम्म ८१७ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।

 

प्रतिकृया दिनुहोस