सर्वोच्चको फैसलाले ओलीको एउटा सेटिङ भत्कियो अब छिट्टै अर्को सेटिङ भत्किन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङ भत्काएको बताएका छन् । सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै आफुहरुले ओलीको एउटा सेटिङ भत्काउन सफल भएको र अर्को सेटिङ पनि अब तुरुन्तै भत्काउने दाबी गरेका छन् ।

सोही क्रममा उनले भने, ‘‘मैले त्यत्तिकै भनेको होइन, बुझेर भन्दैछु । केही समयभित्र निर्वाचन आयोगले आधिकारिक बहुमतकै हुन्छ, सूर्य हाम्रै हुन्छ भनेर फौसला गर्छ । त्यसमा शंका गर्नु पर्दैन ।’ यति हुँदा पनि ओलीले साम दाम दण्ड भेद सबै प्रयोग गरेर सत्ता लब्याउन खोजेको उनको आरोप छ । जबसम्म पुरै पराजित हुँदैनन्, तबसम्म प्रतिक्रियावादीहरुले गडबड गरिरहन्छन् भनेझैं ओली सम्पूर्ण रुपमा पतन नहुँदासम्म प्रतिक्रियावादी पात्रको रुपमा उभिने देखिएको प्रचण्डले बताए ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको बताए । तैपनि ओली समूहका नेताहरुले हामी झन् बलियो भयौं भन्न थालेको भन्दै उनले भने, ‘यो के अचम्म हो ? पाहा पछारिए झैं पछारिने, अनि जित्यौं रे ।’


 

प्रतिकृया दिनुहोस