प्रचण्डले गरे देउवालाई प्रधानमन्त्री बन्ने अफर (भिडियोसहित)

नरेन्द्र मोदीले मलाई कसरी अविश्वास गर्न सक्नुहुन्छ ?

Prachanda 15

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नहुने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफु प्रधानमनत्री बन्न लागेको आरोप लागिरहेका बेला प्रचण्डले आफु प्रधानमनत्री नबन्ने भएकाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए ।

अध्यक्ष प्रचण्डले प्राइम टाइम टेलिभिजनका लागि पत्रकार ऋषी धमलासँगको अन्तर्वार्तामा आफू प्रधानमन्त्री नहुने जिकिर गरे । उनले आफु प्रधानमन्त्री बन्नका लागि नलागेको तर्क अघि सारे ।

उनले केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गरिने पनि बताए । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीलाई हटाउने प्रचण्डको भनाई छ । सत्ताका लागि कसैसँग सम्झौता नगरेको उनको भनाइ थियो ।

उनले राजीनामा नदिए संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको पनि बताए । प्रचण्डले ओली प्रवृत्ति नहटेसम्म देशले निकास नपाउने तर्क गरे । उनले कुनै पनि हालतमा केपी ओलीसँग सहकार्य नहुने जिकिर पनि गरे । प्रचण्डले भारतसँगको नेपालको सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिए ।

‘पहिलो कुरा भारतसँग नेपालको सुमधुर सम्बन्ध बनाउनुपर्छ । सुदृढ बनाउनुपर्छ । आपसी विश्वासको धरातलमा उठाउनुपर्छ भन्ने मान्यता मैले पाँच सात वर्षदेखि लगातार, यो मान्यतामा छु म । भारतसँग राम्रो समझदारी नबनाईकन नेपालमा विकास, समृद्धि र स्थायित्व चाहीँ चूनौति हुन्छ भन्ने कन्भिक्सनका साथ भनेको छु’ उनले भने, ‘मैले कसैलाई अविश्वास पैदा होस भनेर गरेको छैन् । भारतप्रति नकारात्मक सोच राखेर मैले केही पनि गरेको छैन् । मैले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनुपर्छ, भारतसँगपनि र चीनसँग पनि भन्याछु । तर, भारतसँगको विशिष्ट छ है ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नोबारे खुलेर प्रशंसा गर्ने गरेको दाहालले स्मरण गराए । ‘अब प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भाषण गर्दा युद्धबाट बुद्धतिर, युद्धबाट शान्तितिर तपाईँहरुले ठूलो काम गर्नुभयो भने जो भाषण गर्नुभयो, मैले बुझेको छु त्यो उहाँले चाहीँ मलाई भन्नुभएको हो’ उनले भने, ‘मेरो बारेमा र नेपालको बारेमा संयुक्त राष्टसंघको अधिवेशनमा बोल्नुभयो, नेपालमा शान्ति विश्वकै निम्ति एउटा उदाहरण हो भन्ने स्पिरिटमा बोल्नुभयो । उहाँले लालकिल्लाबाट पनि हाम्रो बारेमा बोल्नुभयो । उहाँले मलाई कसरी अविश्वास गर्न सक्नुहुन्छ ? म कल्पना पनि गर्न सक्दिन् ।’

Video

प्रतिकृया दिनुहोस