शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Kp oli bidhya bhandari

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ । सरकारले सर्वोच्चको फैसलाअनुसार नै संसद बैठक बोलाउने प्रतिबद्धता पनि जनाइसकेको छ ।

सर्वाेच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री बीच भएको यो भेटवार्तालाई निक्कै महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले सर्वाेच्चको फैसला स्वीकार गरे पनि राजीनामा नदिने बताइरहेका बेला भएको यो भेटलाई निक्कै चासोका साथ विष्लेषण गर्न थालिएको छ । 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले पुष्टि गरे ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । भेटवार्तामा सर्वोच्चको फैसला, सरकारका काम कारबाही, प्रतिनिधिसभाको बैठक बोलाउने विषय, नेकपाको विवाद लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...