प्रचण्ड–नेपाललाई जसपाको प्रश्न : तपाईहरुको पार्टी कुन हो ?

Capture454445

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति नेकपा प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरेको जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । छलफलमा जसपा नेताहरुले प्रचण्ड–नेपाल समूहको पार्टी कुन हो स्पष्ट पार्न आग्रह गरेको पनि उनले बताए । आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए ।

उनले भने ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ की भनेर कुराहरु राख्नुभयो । हामीले के जिज्ञासा राख्यौं भने तपाईको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? अलमलमा पर्या त्यो प्रष्ट हुनुस् र तपाईहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं ।’

सर्वोच्च आदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समीकरणका लागि नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरुले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...