संसद् बैठक अघि प्रधानमन्त्रीले राजिनामा दिएर आत्मालोचना गरे पार्टी एकता सम्भव छ : प्रवक्ता श्रेष्ठ

Narayan kaji shrestha

काठमाडौँ । दाहाल–नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर आत्मालोचना गरेपार्टी एकताको सम्भावना रहेको बताएका छन् ।

स्थायी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संसद बोलाउनुअघि ओलीले राजीनामा दिँदै आत्मालोचना गरेको अवस्थामा पार्टी एकताको विषयमा तयारी हुने बताए ।

पार्टी एकताको पक्षमा आफूहरू पहिल्यैदेखि दृढ रहेको बताउँदै उनले संविधान र लोकतन्त्रलाई आक्रमण गर्ने प्रवृत्तिले आफूलाई परिवर्तन नगरेसम्म पार्टी एकताको कुरा गर्नु भ्रम हुने टिप्पणी गरे ।

‘उनले तत्काल राजीनामा दिएर मैलै लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका विरुद्ध गल्ती गरेँ भनेर प्रस्तुत हुनुभयो र त्यसले पार्टीका अरु साथीहरु एकताबद्ध भएर विचार, सिद्धान्त, विधि, पद्धती, कम्युनिष्ट प्रगतिशील मूल्यमान्यताका आधारमा चल्ने स्थिति पैदा भएको अवस्थमा नेपालका कम्युनिष्टहरूले चाहेको त्यहि त हो नि ।’

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । यदि १३ दिनसम्म पनि राजीनामा नदिएको खण्डमा अदालतको फैसला अनुसार प्रतिनिधिभाको बैठकबाट संविधानअनुसारको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोेच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला बताउँदै प्रतिगमन विरोधी संघर्षमा सहभागीलाई आभार तथा धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...