संसद पुनर्स्थापनाको खुसीयालीमा धनकुटामा गरियो दिप प्रज्वलन

Dkt dip prajwalan

धनकुटा । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै देशभर खुशीयाली मनाइएको छ । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने घोषण गरेसँगै धनकुटामा दिप प्रज्वलन गरिएको छ ।

सर्वोच्च अदालतले प्रतिगमनको पक्ष नलिई जनताको पक्षमा फैसला गरेको भन्दै धनकुटाको मदन चोकमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुह र अन्य पार्टीका नेता कार्यकर्ता तथा सर्वसाधारण दिप प्रज्वलनमा सहभागि बनेका थिए । सो दिप प्रज्वलनमा नेकपाका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य हेमराज भण्डारी लगायतका नेता तथा कार्यकर्ता सहभागी बनेका थिए ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा धनकुटाको पाख्रीबासमा पनि दीप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना हुने फैसला गरेसंगै नेकपा प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस लगायतले दीप प्रज्जवलन गरेका हुन् ।

कार्यक्रममा पाख्रीबास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सोवित निरौला, नेपाली कांग्रेसका नेता ज्ञानबहादुर गुरुङ, अनेरास्ववियु सचिवालय सदस्य सावित्रा घिमिरे लगायत अन्य पार्टीका नेता, स्थानीय ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मन्त्रीपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नु भएको थियो । संसद विघटन गर्ने कदमलाई प्रतिगामी भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहसहित बिभिन्न पार्टीले देशव्यापी रुपमा चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...