प्रचण्ड–नेपाल समुहको नेकपा भन्छ, फैसलाले संविधानलाई बल्ल ‘लिक’ मा ल्यायो

Dip prajwalan khusiyali

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुधबार अपरान्ह चितवन गएका थिए । अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् ।

उनीहरुले कार्यकर्तालाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । बुधबार हुने भनिएको कार्यक्रम अब विजयसभामा परिणत हुने भनिएको छ ।

अध्यक्षद्धय नेपाल र प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् ।दुवै अध्यक्षले नेपाली जनताको जित भएको बताएका छन् ।

चितवनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रधानन्यायाधीश, संवैधानिक बेञ्चका चारै न्यायाधीशले संविधान लिकमा ल्याउनु भयो । निरंकुशतालाई चोटिलो जवाफ दिनुभयो । साहसिक कदम चाल्नु भएकोमा हाम्रो पार्टी आभार व्यक्त गर्छ ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीले दीप प्रज्ज्वलन गरेका हुन् । यस्तै, रत्नपार्कको शान्ति वाटिकामा नेकपा दाहाल(नेपाल समूह निकट अनेरास्ववियूले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ ।

अदातलले संसद पुनर्स्थापना गरेसँगै प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई हार्दिक स्वागत गरेको छ । उक्त पार्टीले विज्ञप्ति मार्फत फैसलाले संविधानलाई लिकमा ल्याएको जनाएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अध्यारो सुरुङमा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षड्यन्त्रलाई असफल बनाइदिएको छ । यो नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय हो ।’

‘हाम्रो पार्टी नेपाली जनताले बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान र लोकतन्त्रको रक्षाको संघर्षमा अग्रपंक्तिमा रह्यो । अबको नयाँ परिस्थितिमा नयाँ ढंगले अगाडि बढ्न पनि हामी गम्भीर जिम्मेबारी बोध गर्दछौं’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...