प्रचण्ड - नेपाल समूहको केन्द्रिय बैठक पेरिस डाँडामा सुरु

W1000 h500 cp

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपां) प्रचण्ड - नेपाल समूहको पार्टी केन्द्रीय कमिटी बैठक बस्दै छ। यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोही समूहको स्थायी समिति बैठक बसेको थियो। सो बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

केन्द्रीय सदस्यलाई शुक्रबार बिहान नागरिकतासहित उपस्थित हुन आग्रह गरिएको थियो। बिहीबार सबै केन्द्रीय सदस्यलाई फोन गरेर शुक्रबार बिहानै पेरिसडाँडामा उपस्थित हुन भनिएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टी अभिलेखको कागजपत्र मिलाउन भन्दै आकस्मिक रुपमा केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलाएका थिए।

पुस ५ गते नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् ।

पार्टी विभाजनपछि आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले आधिकारिकताको विषयमा निर्णय गरेको छैन।

यसअघि पार्टीे वैधानिकताको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले २८७ जनाको नाम बुझाएको थियो। प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिका ४४१ सदस्यमध्ये आफ्नो पक्षमा बहुमत रहेको गर्दै आधिकारिकताका लागि निर्वाचन आयोगमा दबाब बढाइरहेको छ ।

प्रतिकृया दिनुहोस