नयाँ महाधिवेसनको मिति तोक्न आज नेपाली कांग्रेसको बैठक बस्दै

Nepali congress

काठमाडौं । नयाँ महाधिवेसनको मिति तोक्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्‍ने भएको छ ।

कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन तोकेको थियो । तर निर्धारित मितिमा महाधिवेसन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

संसद विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल हुनेछ । बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने शर्माले बताए ।

गत पुस ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले संसद् विघटनलाई अवैधानिक, अलोकतान्त्रिक र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय अनुसार विभिन्न कार्यक्रमहरु गरेको र ती कार्यक्रमहरुको समिक्षा समेत बैठकमा हुने पनि प्रवक्ता शर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...