केपी ओलीका भक्तहरु देश डुब्दा पनि केपी बा भनेर बसिरहेका छन् : माधवकुमार नेपाल

Nekapa dkt birodh sava

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समुहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई तमोरमा बगाएर बाँसुरी बजाउन तल्लिन रहेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले सिंगो पार्टी तमोरमा बगाउँदा सबै मान्छे पुर्पुरोमा हात राखेको बेला केपी ओली बाँसुरी बजाएर बसिररहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संघर्ष गर्दै आएको प्रचण्ड नेपाल समुह देशव्यापी आन्दोलनमा छ । सोही क्रममा नेकपा धनकुटाले आयोजना गरेको विरोध सभामा नेता नेपालले केपी शर्मा ओली कम्पुनिष्ट पार्टीको कुसन्तान भएको टिप्पणी गरे ।

‘अरुबेला अरु पार्टी र राजतन्त्र विरोधमा उत्रिएका थियौं । तर अहिले आफ्नै घरको सन्तान कुसन्तान बन्न पुगेपछि हामी आन्दोलनमा छौं’ नेपालले भने, आफ्नै घरमा जन्मिएको सन्तान दुर्योधन बन्न पुग्यो, एउटा सन्तान दैत्य बन्न पुग्यो । राम्रो होला भनेको त, केपी ओली त तिनै दैत्य पो रहेछन् ।’

नेपालले सबै पार्टी, नागरिक समाज र सिंगो समाज आन्दोलनमा उत्रिएका बेला केपी ओलीका अन्धभक्तहरु रमिते बनेको आरोप लगाए । ‘प्रतिगमनविरुद्ध गाँउगाँउबाट फेरि जुर्मुराएर उठेको छ, सबै पार्टी आन्दोलनमा उत्रिएका छन् उनले भने, ‘तर, केपीका भक्तहरु केपी बा केपी बा भन्दै बसिरहेका छन् ।’

उनले पार्टीले काम गर्न दिएन भनेर गलत प्रचार गरेको आरोप लगाए । ‘ओलीलाई काम गर्न कसले रोक्यो र ? पार्टीले काम गर्न दिँदा पनि भष्ट्रचार गर्न कसले भनेको थियो र ? उनले प्रश्न गरे, ‘पार्टीले चेलीबेली बलात्कारीलाई कारवाही गर्नु, दण्ड दिनु, जनतालाई न्याय दिनु भनेको थिएन र ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...