प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

Kp sharma oli pm press

काठमाडौं । नेपाल कम्युनिस्ट पाटी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न ओली आयोग जान लागेका हुन् ।

बिहान ११ बजे ओली आयोग जाने तयारी भएको नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । आयोगले यसअघि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ५–५ जना नेतासहित छलफलका लागि बोलाएको थियो । तर, दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

यद्यपि पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाल, झलनाथ खनाल, स्थायी कमिटीका नेताहरू आयोग पुगेका थिए । उनीहरुले राजनीति दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेका छन् ।

आयोगमा प्रचण्ड–नेपाल समूहले बुझाएको १९ पृष्ठ लामो निवेदन अध्ययन भइरहेको आयोगले जनाएको छ । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरिसकेको छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपा विभाजित भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...