संवैधानिक नियुक्तिको विरोधमा अदालतको ढोकामा पुगे सभामुख सापकोटा

Agni sapkotaa

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा आफुखुसी नियुक्ति गरेपछि त्यसविरुद्ध सभामुख अग्नि सापकोटा नै सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् ।

संवैधानिक परिषदले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनको आइतबार पेसी तोकिएको छ ।

शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत नियुक्ति लिएकाहरुलाई विपक्षी बनाइएको छ । संवैधानिक नियुक्ति र सपथ दुवै गैरसंवैधानिक भएको जिकिर गर्दै आएका सभामुख सापकोटाले रिट दायर गर्ने बताएका छन् ।

सभामुख सापकोटाका साथमा नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाक्रीलगायत नेताहरू छन् ।

संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति पाएकाहरुको काम कारबाही बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमा राष्ट्रपति, प्रधानन्यायाधीशलगायत ३९ जनालाई विपक्षी बनाइएको छ ।

संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो । कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । ३८ पदाधिकारी सिफारिस भएको भए पनि ३२ जनाले सपथ लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...