ओलीले निजी स्वार्थको लागि संविधानलाई कोमामा राखेको जनार्दन शर्माको आरोप

Fb img 1612258044195

काठमाडौँ । शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि स्वार्थका लागि संविधानलाई कोमामा राखेको पूर्व गृहमन्त्री जनार्दन शर्माको आरोप छ । संयुक्त एम्बुलेन्स चालक संघ नेपालको केन्द्रिय समितिको होटल चितवन गार्डेन रिर्सोटमा जारी साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री ओलीले यो संविधानमा प्रहार गर्नुभो, आक्रमण गर्नुभयो, र त्यो आक्रमणबाट राजनिति दुर्घटना निम्तिएको छ । आज संविधान कोमामा छ ।’ सरकार प्रमुखबाटै राजनीति विपदी ल्याएकोमा यो जनताका लागि दुखद कुरा भएको उनले बताए ।

संविधानमा लेखिएको जनताको अधिकार कार्यान्वयन नहुन्, जनताले पाउने सुविधा नपाउन भनेर निजि स्वार्थका लागि संविधान कोमा लगिएको छ । समग्र संविधान सिद्धाउने र प्राप्त अधिकारी पछाडी पार्ने काम भएको  उनको आरोप छ ।

उनले संविधानको रक्षा गर्न संसद पुनस्थापनको माग गरेको स्पष्ट समेत पारे ।  उनले सो अवसरमा एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिन सरकार तल्लीन हुनुपर्नेमा जोड दिए । साथै उनले  संकटको अवस्थामा अर्ग मोर्चामा रहने संयुक्त एम्बुलेन्स चालक लुट्ने होईन् सेवा दिने, सहजीकरण गर्ने हो भन्दै विरामीको अवस्था हेरेर मंहगो होईन् सहज हुने अस्पतालमा लैजना अनुरोध पनि गरे । साथै यो राजनीति घडीमा सबै पार्टी एकभई प्राप्त अधिकार रक्षा गर्न आन्दोेलनमा होमिनुको विकल्प नभएको समेत जिकिर गरे ।

नेकपाका युवा नेता समेत रहेका शर्माले जनताको स्वास्थ्य अधिकारी सूनिश्चित गर्न निस्शुल्क एम्बुलेन्स सेवा आगामी सरकारले गर्ने दावी पनि गरे ।  संघका गण्डकी प्रदेशका गोपीलाल ब्लोनले २४ सै घण्टा डियुटि खट्दै सेवा दिने गरेको बताए  ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...