अन्ततः यसरी दुबै नेकपालाई जिल्ला पार्‍यो निर्वाचन आयोगले, अब के गर्लान् विभाजित नेकपाले ?

साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिइने

Nirbachan aayog

काठमाडौंं । आफुलाई आधिकारिकताको दावी गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै समहलाई निर्वाचन आयोगले अन्ततः जिल्ला परेको छ ।

निर्वाचन आयोगमा आइतबार बसेको आयोगको बैठकले सत्तारुढ नेपाल नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

आयोगले साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । निर्वाचन आयोगले नेकपाभित्र देखिएको आधिकारिकता विवादको टुंगो लगाउने तयारी गरेको थियो ।

प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो ।

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ ।

एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । प्रचण्ड–नेपाल समूहले आधिकारिकता र चुनाव चिह्नको दाबी गर्दै आएको छ ।

ओलीलेसमेत आफ्नो हस्ताक्षर बिनाका कुनै पनि निर्णय आधिकारिक नभएको दाबी गर्दै आएका छन् । आइतबार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले दुबै समुहलाई आधिकारितका दिन अस्वीकार गरेसँगै फेरि नेकपाभित्रको विभाजनले अर्काे मोड लिने देखिएको छ । दुबै समुहले अब निर्वाचन आयोगमा बहुमत पुर्याएर नयाँ पार्टी गठनवा पार्टी विभाजन भएको औपचारिक पत्र नलेखे फेरि अर्काे तनाव हुने अवस्था आउने छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...