प्रतिनिधिसभा विगटन मुद्दा : राष्ट्रपति र उपराष्ट्रपतिको लाइन नै फरक-फरक

Bhandari pun

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक तरंग आएको छ । यतिसम्मकी राज्य सञ्चालनको बागडोर सम्हालिरहेका राष्ट्रपति र उपराष्ट्रपति नै दुई कित्तामा उभिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी विगटनको पक्षमा लागेको देखिन्छ भने उपराष्ट्रपति नन्दबहादुर पुन ठीक त्यसको विपरित अर्थात् ओलीको कदमविरुद्ध ।

सरकारले गरेका कतिपय कदमलाई राष्ट्रपतिले रोक्नसक्ने अवस्था हुँदा हुँदै राष्ट्रपति भण्डारीले आँखा चिम्लिएर प्रधानमन्त्री ओलीको समर्थन गरेको पाइन्छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विगटन गरेलगत्तै राष्ट्रपति भण्डारीको सक्रियता निक्कै बढ्यो ।

उपराष्ट्रपति पुन निष्कृय जस्तै देखिए । उनी निष्कृय रहँदा विभिन्न शंका उपशंका जन्मिए । अहिले उनको सक्रियता बढेको छ ।

उनी पूर्व माओवादीबाट उपराष्ट्रपति बनेका हुन् भने भण्डारी पूर्व एमालेबाट राष्ट्रपति । अहिले प्रष्ट रुपमा दुबै जना दुई खेमामा लागेका छन् । त्यसको पछिल्लो ओलीको कदमविरुद्ध आन्दोलनरत नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल उपराष्ट्रपति निवासमा भएको भेटघाट ।

नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति पुनको निवासमा वार्ता भएको छ ।

बाहिर कार्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुन समेतको उपस्थितिमा भेटेका हुन् । भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिएका छन् ।

कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई हटाउने विषयमा मिलेको छ । तर फरक–फरक दलबाट आन्दोलन गर्दा ओलीविरुद्धको शक्ति विकेन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन् ।

उपराष्ट्रपति पुन ओलीको कदमप्रति असन्तुष्ट छन् । उपराष्ट्रपति पुन, दाहाल र भट्टराई तीनै जना सशस्त्र द्वन्द्वकालका मुख्य नेतृत्व हुन् । त्यही भएर पनि दाहाद, भट्टराईसँगको भेटलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...