अब केपी ओलीसँग झुक्दैनौँ, माफी मागे भने माफी दिने कुरामा सोच्छौँ : नेता नेपाल

Madhav kumar nepal

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको शुक्रबार राजधानीमा भएको विरोधसभामा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नझुक्ने बताएका छन् ।

उनले केपी ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नामभित्र लुकेको खड्ग अहिले उनकै व्यवहारबाट साकार पारेको पनि बताएका छन् ।

उनले भने, ‘उनले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरेका छन्, लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्, स्थायीत्वमाथि खड्ग प्रहार गरेका छन्, पार्टीमाथि खड्ग प्रहार गरेका छन् । उनले केपी ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने बताएका छन् ।

‘केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्, केपी ओली सामूहिकतामा विश्वास गर्ने मान्छे होइनन्,’ उनले सभामा भने । संविधानमा निर्वाचित व्यक्ति पनि तानाशाही हुने गरेको उदाहरण केपी ओलीबाट प्रस्तुत भएको उनले बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...