किन मध्यराती बोलाइयो बागमती प्रदेशसभाको बैठक ? आज दिउँसो १ बजे बस्ने

Dormani paudel

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आकस्मिक रुपमा आज दिउँसो १ बजे बस्ने भएको छ ।

नेकपामा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक नबसे धर्ना दिने चेतावनी दिएपछि सभामुख सभामुख सानु कुमार श्रेष्ठले गए राति आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसलगायत दलका सांसदले आज बिहान ११ बजे बैठक संचालन गर्न आग्रह गरेको भए पनि थप छलफल गर्नुपर्ने भन्दै सभामुख श्रेष्ठ पछि हट्दै आएकाथिए ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मकट्टेलले जानकारी दिए । बागमती प्रदेशसभाका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पनि आजको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने बताए ।

यद्यपि आजको बैठकको कार्यसूची के–के हुने भन्ने विषय कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।

प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन अविश्वासको प्रस्ताव टेबुल भएको थिएन । पहिलो दिन भएकाले बैठकमा दलका नेताहरुले बोलेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

मुख्यमन्त्री पौडेलले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भनेपछि र अन्य राजनीतिक दलका नेताहरुले अर्को बैठक राख्न दबाव दिएपछि सभामुख श्रेष्ठले आजका लागि बैठकको मिति तोकेका हुन् ।

कांग्रेस अहिलेसम्म न्युट्रल देखिएकाले अविश्वास प्रस्ताव पास हुने/नहुने टुंगो छैन । यदि अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न पाइँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...