संसद् पुनःबहाली हुन्छ : अध्यक्ष नेपाल

Madhav kumar nepal 2

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले संसद् पुनःबहाली हुने विश्वास व्यक्त गरेका छन् । सो समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको विरोध–सभामा उनले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गरे ।

“संसद् विघटन अलोकतान्त्रिक छ जसको सर्वत्र विरोध हुँदै आएको छ”, उनले भने, “यो पुनःबहाली हुन्छ ।” पार्टीमा नेतृत्व नभई नीति प्रधान हुने पूर्वमहासचिव पुष्पलालको भनाइलाई उद्यृत गर्दै नेता नेपालले पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य रहन नसक्ने बताए ।

नेकपाका नेता जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले संसद् विघटनबाट नागरिकको सपनामा गम्भीर प्रहार भएको गुनासो गरे । उनीहरुले सबै एकताबद्ध भएर विघटनको विरोधमा लाग्नुपर्नेमा जोड दिए । नेकपाका अर्का नेता प्रकाश ज्वालाले पार्टीलाई विभाजनको मुखसम्म पु¥याइएको आरोप लगाउनुभयो । नेकपा नेता कालीबहादुर मल्ल, महिला नेत्रीहरु बिमला केसी तथा सीताकुमारी नेपालीले संविधान विघटनको विरोध गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...