सञ्चारमाध्यमप्रति ओलीको आक्रोश : सरकारको कदमको विरोध गर्ने सञ्चारमाध्यमहरुलाई पीत पत्रकारिताको संज्ञा

Kp oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गर्दै सरकारको कदमप्रति विरोध गर्ने सञ्चारमाध्यमहरुलाई पीत पत्रकारिताको संज्ञा दिएका छन् । प्रेस संगठनको आफू पक्षीय कार्यकर्ताहरुको भेलामा बोल्दै उनले भने, ‘केही त्यस्ता मिडिया छन्।

पीत पत्रकारिता। महात्त्मा गान्धीका तीन बाँदर जस्ता छन्। राम्रो कुरा सुन्न पर्‍यो भने कान थुन्ने, राम्रो कुरा हेर्नुपर्‍यो भने आँखा थुन्ने, राम्रो कुरा बोल्नुपर्‍यो भने बरु बोल्दिन भन्दै मुख थुन्ने ।’ उनले त्यस्‍ता मिडियाहरु नर्कमा जानेसमेत बताए। ‘राष्ट्रको हितको पक्षमा छँदै छैन। स्वार्थबाट अन्धो हुन्छ। जब मान्छे आत्मा बेच्छ। त्यसपछि त्यो नर्कमा गइसकेपछि फर्किनै सक्दैन। के गर्ने त्यसलाई निकाल्नै सक्दैन्,’ उनले भने, ‘जति तपस्या गर्नुस्। जति धाम जानुस्। जति योग गर्नुस्। पाप पखालिँदैन।’

उनले समाचारमा सबैले तिमी भनेको प्रति आक्रोस समेत व्यक्त गरेका छन् । उनले भने, ‘सिष्टताले केही बिगार्दैन्। हाम्रो तरिका त्यो छ। अहिले हामी आदारका साथ अभिभावकसँग व्यवहार गर्दैनौँ। पहिली तिमी भन्न सिकायो। तिमी भने पछि अरु सिकायो।’ उनले राजतन्त्र हुँदा बक्सियोस् लेख्नेहरुले अहिले तिमी लेखेको भनेर ब्यङ्ग्य गरे।

‘राजतन्त्र हुँदा दरबार हुँदा राजा हुँदा राजाका श्रीमती हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौँ ? आज हेर्नु, हुकुम बक्सियो भन्थौँ। हेर्नु भन्दैनथ्यौं, नजर भयो भन्थ्यौं। सवारी भयो भन्थ्यौं, प्रधानमन्त्री ओलीले अगाडि भने, ‘अहिले, हिँड्नु भयो, खानु भयो भन्न गाह्रो छ। किनकि हामी उनी हिँडे भन्छौं। हाम्रा बाले हेरे। हाम्री आमा त्यहीँ थिइन्, तिनले पनि हेरिन्। तपाईँहरु त्यही लेख्नुहुन्छ होइन् ?’

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...