प्रचण्डले ओलीलाई भने, म पनि जनयुद्धको कमाण्डर हुँ, कहाँ चुप लागेर बसौला र ?

Prachanda 6

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर गल्ती गरेको बताएका छन् ।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे । ‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ’ उनले भने ।

आफू र माधव नेपाललाई धेकेलेरै लखेट्ने काम गरेको भन्दै प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको स्पष्ट पारे । उनले भने, ‘ओलीजी, तपाईले ब्लण्डर गर्नु भो, अब सिद्धिनु भो ।’ प्रचण्डले ओलीले पूर्वएमालेलाई समेत विश्वासमा लिन नसेको बताए ।

सचिवालयमा रहेका बहुमत पूर्वएमालेले ओलीलाई छाडेको उनको तर्क थियो । उनले भने, ‘माधवजीलाई हेपेर, माधवजीको पक्षमा रहेका इमान्दार क्रान्तिकारी कम्युनिष्टलाई पेलेर प्रचण्डलाई पनि उपयोग गर्ने सोच्नु भो, त्यो गलत थियो ।’

संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने उनले बताए । प्रचण्डले भने, ‘मैले त बुझेको छु, अब केपीको हातमा केही छैन । जुन दिन उहाँले संसद भंग गर्न सिफारिस गर्नुभयो, त्यो दिनबाट उहाँको हातमा केही छैन, अब अन्तै छ चिजहरु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुको पालामा संसद् विघटन गरे जसरी नै संसद् विघटन गरेको बताएका छन् । ‘२०१७ साल,२०३६ साल र २०४६ सालमा राजाहरुले विभिन्न धाराहरु व्याख्या गर्दै अन्तरनिहीत राजकीय अधिकार राजासँग हुने भन्दै संविधान विघटन गर्थे’, उनले भने, ‘यही निरंकुश प्रवृत्ति बदल्नका लागि लामो संघर्ष र बलिदानबाट नेपाली जनताको प्रतिनिधिबाट पहिलोपटक संविधान जारी गरियो । प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरे । राजाहरुको दुर्गन्ध आउने गरी प्रधानमन्त्रीले संसद् विघटन गरे ।’

आफूले १० वर्षको जनयुद्ध, १९ दिनको जनआन्दोलन र उत्पीडित समुदायको आन्दोलनको नेतृत्व गर्दै वर्तमान संविधान निर्माण गरिएको स्मरण गर्दै उनले असंवैधानिक संसद् विघटन आफूले जन्माएको सुन्दर बच्चाको हत्या गर्न लगिएजस्तो भएको बताए ।

उनले भने, ‘९ महिना गर्भमा राखेर बच्चा जन्माएपछि उक्त बच्चाको हत्या गर्न खोज्दा आमाको मनमा जे हुन्छ, अहिले मभित्र त्यस्तै आवेग र आक्रोश छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...