विध्वंशको अर्को नाम केपी ओली हो, ओलीमा नैतिकता नै छैन : नेता नेपाल

Madhav kumar nepal 2

काठमाडौँ । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले विध्वंशको अर्को नाम केपी ओली रहेको बताएका छन् । दाङमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालले भने, ‘विध्वंशको अर्को नाम केपी ओली हो । प्रचण्ड जस्तो व्यवहारमा इमान्दार नेता अरु छैनन् । केपी ओलीमा त नैतिकतानै छैन ।’

अर्को प्रसंगमा नेपालले कांग्रेस सभापति शेरवहादुर देउवासँगको प्रचण्ड र आफ्नो भेटपछि संयुक्त आन्दोलनको वातावरण बनेको बताए । उनले चाँडैनै कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने र प्रतिनिधिसभा पुनःस्थापना भएपछि कांग्रेससँगै मिलेर सरकार बनाउने बताए ।

नेपालले केपी ओलीसँग केही व्यक्ति नेकपाबाट चोइटिएर गए पनि त्यसले पार्टीलाई असर नपर्ने दावी गरे । नेपालले पार्टी मिलाउने बामदेव गौतमको अभियान बालुवा पेलेर तेल निकाल्नु जस्तै रहेको टिप्पणी गरे ।

उनले ओली कहिल्यै नसुध्रिने जन्तु भएकाले अब पार्टी एकता सम्भव नरहेको समेत बताए । नेपाल सहित नारायणकाजी श्रेष्ठ,कृष्णवहादुर महरा,वर्षमान पुन लगायतका नेता दाङमा आयोजना हुने कार्यकर्ता भेलामा सहभागी हुँदैछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...