प्रतिनिधि सभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद अन्त्य  हुनु जरुरी छ : बामदेव गौतम

Bamadev

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्यको रुपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन्।

देशमा भ्रष्टाचार समाप्त पार्नेगरी कुनै प्रभावकारी कदम नदेखिएको उनको भनाइ छ। सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरेपनि घोषणा अनुसारको व्यवहारमा नदेखिएको उनले बताए। भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भएपनि लागु हुन नसकेको उनको भनाइ छ ।

गौतमले प्रकृतिमा रहेका सबै प्राणीहरुको अन्तर्निहित सम्बन्ध नबिगारीकन विकास गर्नुपर्ने बताए। त्यसो नगरिए वातावरणमा प्रतिकूल असर परी मानिसको आयु घट्दै जाने उनको भनाइ छ। राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने बताए।

एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ। बैठकमा बोल्दै, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सरकारले सन् २०२२ सम्ममा देशलाई विकासशील देशको सूचीमा राख्ने भनिएकोमा त्यसो गरिए राष्ट्रिय गौरवका आयोजना तथा विदेशबाट आउने सहायता बन्द हुने बताए।

पछि निर्माण हुने सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्यले गरिएको हो कि भन्ने उनले आशंका व्यक्त गरे। कुन आधारमा सन् २०२२ सम्म नेपाल विकासशील देश बन्ने हो भन्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने उनले बताए।

रायमाझीले कोभिड १९ पछि बजार भाउ अत्यन्तै महँगिएको भन्दै बजार अनुगमन आवश्यक रहेको औल्याए। उनले सार्वजनिक यातायात सरकारले भने अनुरुप सञ्चालन भइरहेका छन् कि छैनन् त्यसको पनि अनुगमन गर्नुपर्ने धारणा राखे।

मन्त्रालयहरुले आफ्नो भूमिका निर्वाह गरेका छन् कि छैनन् सम्बन्धित मन्त्रालयलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने उनको भनाइ छ।
  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...