लोक सेवा आयोगले खुलायो अत्याधिक संख्यामा नायब सुब्बामा जागिर, यी ठाउँबाट भर्न सकिन्छ फारम

Loksewa aayog 1 768x458

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।

काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ । यसैगरी धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित भएको छ ।

जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने छ । पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ ।

सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ । यसैगरी दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ ।

यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ ।

हेर्नुस विज्ञापन : 
 
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...