ओलीको आरोप : केपी ओली राजनीतिमा रहँदैनन् भनेर भविष्यवाणी गर्नेहरुको महान जनयुद्ध फर्सी कुहिए झैँ कुहियो

Kp oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको औल्याएका छन् ।

शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलेओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाए ।

उनले भने, ‘केपी ओली वैशाखपछि राजनीति रहँदैन, समाप्त हुन्छ भन्ने यिनका भविष्यवाणी कति ठाउँ खेर गयो । महान् जनयुद्ध भनेर कराए। महान् जनयुद्ध के भो ? फर्सी कुहिए झै कुहियो ।’

उनले भने, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

अति जान्ने सुन्ने अजासुहरुले संवैधानिक इजलासले हुँदैन भनेको भन्दै चर्को आलोचना गरे । प्रधानमन्त्री ओलीले अघि भने, ‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ?’

बाहिरबाट यस्तो इजलास चाहियो र उस्तो इजलास चाहियो भन्ने र सर्वोच्च त्यसरी नै चल्ने हो भने किन सर्वोच्च अदालत चाहिने भनेर ओलीले असन्तुष्टि पोखेका छन् ।

उनले संसद विघटनविरुद्धमा लागेकाहरू 'हण्डीबाट चलेको' आरोप लगाएका छन् । उनले त्यसरी लागेकाहरूको बोली 'बिकाउ' भएको बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...