अदालतमा विचाराधिन मुद्दामा सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई मान्नुपर्छ : सभापति देउवा

Sher bahadur deuba

काठमाडौँ । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको विषयमा सर्वोच्च अदालतले गर्ने निर्णय मान्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताए ।

अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना गर्न नहुने उनको भनाइ छ । जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्याई संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने उनले बताए ।

निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनले बताए । जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठुलो अदालत जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने तर्क गरे ।  देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनताकोमा जानुपर्ने उनको भनाइ छ । 

अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने उनको भनाइ छ ।  प्रधानमन्त्री ओलीले निर्वाचन गराउने प्रतिवद्धता जनाएको भन्दै उनले निर्वाचन हुने विश्वास व्यक्त गरे । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...