प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै ओलीले भने– पार्टी छाडेर भागेका भगौडाहरु

135618803 245914526915159 4272773673769244913 n

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा शुक्रबार आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी छोडेर भागेका भगौडाहरू सडकमा पुगेर गालीगलौचमा उत्रिएको बताए ।

उनले  प्रचण्ड नेपाल पक्षलाई लक्षित गर्दै यस्तो बताएका हुन् । केही मान्छेहरुले हामी हटेपछि पार्टी कसरी चल्छ भन्ने सोचेको होला भन्दै उनले २र४ जना मान्छे पिलो निचोरिए जसरी निचोरिँदैमा वजन नघट्ने दोहोर्याए । ‘तीन करोड मान्छेमा कति जना गए रे, तपाईंहरुले सुन्नु भएको होला । उहाँहरु २६५ कि कति भन्नुहुन्छ,’ ओलीले अघि भने, ‘अनि के भयो त ? नुहाउँदा पनि २/४ वटा केस झरेर जान्छ । अनि के भयो त ?’

०५४ सालमा त्यस्तै भएको भन्दै उनले देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिए । अर्का समूहमा लागेका नेताहरुले छोरी, बुहारी, सम्धी र आफन्त मात्र हेरेको भन्दै उनले भने, ‘आफन्त नभएको कोही हुँदैन, मेरो पनि आफन्त होलान् । मेरो कोही आफन्त मैले टपक्क टिप्दै राख्दै गरेको देखाइदिनुस् । म नेताहरुलाई भन्न चाहन्छु, तपाईंहरुले जनताका अगाडि उभिएर मलाई यसैगरी भन्नुस् । म तपाईंहरु हरेकको एक दर्जन अवसरै अवसरको तर मारेको देखाइदिन्छु ।’
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...