प्रचण्ड–नेपाल समूहको विरोध पत्र बुझ्ने दिन ओली धनगढी जाँदै

Nekapa prachanda gut

काठमाडौं । आज प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड–नेपाल समूहले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउउँदै छ । तर, आजै प्रधानमन्त्री ओली भने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदैछन् ।

प्रधानमन्त्री ओलीले गरेको कदमको विरोध जनाउँदै प्रचण्ड–नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन लागेका बेला प्रधानमन्त्री ओली आजै धनगढी जान लागेका हुन् । प्रचण्ड–नेपाल समूहले प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बसझाउँदै छन् । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो ।

संघर्ष समितिको निर्धारित कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने उल्लेख छ ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र दिइने छ ।

यता संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । उनी अहिले ११ बजेपछि मात्रै धनगढी जान लागेका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ ।

जनसभाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था पनि चुस्त रहेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरीसहित अन्य नेताहरु पनि केही दिनदेखि धनगढीमै केन्द्रित भएका छन् ।

ओली पक्षले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको प्रशिक्षण भेला पुष १५ गते राजधानी काठमाडौंमा गरेका थिए । प्रचण्ड(नेपाल पक्षले, आफ्नो समूहको प्रदेश भेला, जिल्ला भेलाहरु, विरोध सभाहरु सम्पन्न गरिसकेका बेला, बल्ल ओली पक्ष सुदूरपश्चिममा तातिएको हो ।

विरोध सभाका नाममा कोणसभा गरेको प्रचण्ड-नेपाल पक्षलाई ओली पक्षले प्रधानमन्त्री नै ल्याएर काउन्टर दिने तयारी गरेको थियो ।

यता, प्रतिनिधि विघटनको विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रचण्ड माधव पक्षमा रहेका अनेरास्ववियूले पनि शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...