किसानलाई मल उपलब्ध गराउनु पहिलो प्राथमिकताः मन्त्री अर्याल

Padmaaryal 20210105123043

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताएकी छिन्। मन्त्रालय अन्तर्गत संस्थान, बोर्ड, समिति तथा परियोजनाको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएका हुन् ।

यो वा त्यो कारण देखाएर कोही पनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उनले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिइन् ।

अबको सिजनमा किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेखि नै योजना बनाएर लाग्नसमेत मन्त्री अर्यालले निर्देशन दिइन्। अहिले नै काम नगरेमा भोलि समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरु जतिपनी प्रगति देखिए पनी त्यसले सही मानेमा प्रगति नठहर्ने समेत बताइन् ।

विगतका कार्यबाट शिक्षा लिँदै भोलिका दिनमा धोका नपाउने गरी कार्ययोजना बनाएर अगाडि बढ्न उनले निर्देशन दिइन्। मलको आपूर्ती र वितरणको समस्याको समाधान दीर्घकालीन हिसाबले सोच्नुपर्ने उनको भनाइ छ। सातवटै प्रदेशमा मलको भण्डार स्थापना गर्नेगरी आफू अगाडि बढेको भन्दै उनले भण्डारण गर्ने संरचना बनाए पनी मल उपलब्ध नभएर भण्डार खाली हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताइन् ।

उनले भनिन्, हाम्रो भण्डार खाली हुने कुरा राम्रो होइन। हामीले संरचना खोजेको होइन मल खोजेको हो। त्यसैले मल ल्याउने कुरामा प्रश्न पनि नउठ्ने, विवादित नहुने गरी ल्याउनुपर्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...