ओली प्रवृत्तिविरुद्ध सडकमा उत्रिन सबै दलहरुलाई नेता नेपालको आग्रह

Madhav kumar nepal

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीको अराजक शैलीको पार्टीभित्र विरोध भएको बताएका छन् ।

संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

संसद विघटन गरेर केपीबाट असंवैधानिक कदम चालिएको भन्दै उनले प्रतिनिधिसभाको हत्या गर्न खोजिएको आरोप  समेत लगाए ।  ‘ओलीबाट प्रतिनिधिसभाको हत्या गर्न खोजिएको छ । उहाँ प्रतिनिधिसभामाथि सवार हुनुहुन्छ घाँटी अठयाएर, उनले भने, ‘तर पनि उहाँका विरुद्ध सिंगो जनमत र राष्ट्रिय र अन्तराष्ट्रिय जनमत एकवद्धता छ ।

उनले प्रचण्ड र नेपाल जहाँ छ त्यहाँ नेकपा रहेको दावी गरे । ‘एकजना अध्यक्ष हुनुहुन्थ्यो, लोकतन्त्रमाथि धावा दिनुभयो । स्वेक्षाचारी शासकको चरित्र देखाउनुभयो । यसैले पार्टीले उहाँलाई अनुशासनको कारवाही गरेर अध्यक्षबाट हटाइसकेको छ, बर्खास्त गरिसकेको छ ।’

प्रधानमन्त्री ओली गणतन्त्र विरोधी रहेको भन्दै अध्यक्ष नेपालले जसले बच्चा जन्माउँछ त्यसलाई बच्चाको माया लाग्ने कटाक्ष गरे । ‘उहाँ गणतन्त्र विरोधी हुनुहुन्छ ।  जसले गणतन्त्र जन्मायो उसलाई गणतन्त्रको माया लाग्छ । नजन्माएकालाई के को माया ? तैपनि उहाँ अध्यक्षको पदमा आसिन हुनुभयो । हामी सबै धुरुधूरु रुएर बस्यौं । कहिलेकाही नचिताएको कुरा हुँदो रहेछ ।

संविधानमा प्रष्ट व्याख्या गरिएको विषयको हेक्का नगरिकन प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकमा अराजक फैलाएको आरोप समेत लगाए । ओलीसँगको करिब ४ दशक लामो यात्राको स्मरण गर्दै नेता नेपालले भने, ‘प्रधानमन्त्रीले राम्रो संस्कार दिनसक्नु भएन । विपक्ष दलका नेताहरुलाई भनेका वाणहरुले हामीलाई पोल्ने गर्छ । ओलीको विरुद्धमा लाग्नेहरुलाई त एक एक गरी सिध्याउने उहाँको रणनीति नै छ।’

‘केपी ओलीले मलाई काम गर्न दिइएन, घेरा बन्दी गरियो । मेराविरुद्ध षडयन्त्र गरियो। त्यसैले प्रतिनिधिसभा विघटन गर्न बाध्य भए भन्नुभाको छ । उनले भने, उहाँको  अराजकशैलीले संसद विघटन भएको हो ।’

४८ वर्षसम्मको सहयात्रा तोडेर प्रचण्डसँग मिलेको प्रशंस निकाल्दै उनले प्रचण्डलाई ओलीसँग तुलना समेत गरेका थिए । यस क्रममा नेता नेपालले प्रचण्डलाई ओली भन्दा धेरै ठीक भएको बताए । उनले भने, ‘ओलीभन्दा प्रचण्ड निकै फार बेटर ।’ संसद पुनः स्थापित हुनेमा आफू ढुक्क भएको उनले बताए । उनले भने, ‘सर्वोच्चका न्यायमूतिहरुले ठीक व्याख्या गरेर सही निर्णय गर्नुहुनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...