पेरिसडाडामा प्रचण्ड–माधव समुहको स्थायी कमिटीको बैठक आज पनि बस्ने, के गर्दा निर्णय ?

Prachanda madhab group baithak

काठमाडौं । विभाजित नभइसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपालको अध्यक्षतामा एक कार्यदल गठन गरेको थियो। पार्टी एकीकरणका बाँकी काम र जिम्मेवारीलगायतका सम्बन्धमा अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ ।

बैठकमा संसद् विघटन गरेपछि प्रचण्ड माधव पक्षले दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ। शनिबार दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो ।

यो समूहले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धि प्रशिक्षण दिइनेछ ।

प्रचण्ड–नेपाल समुहले पुस २५ सम्ममा सबै वडा स्तरमा कार्यक्रम गरीसक्ने जनाएको छ । समुहले माघ २३ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा आजदेखि शुरु गर्न लागेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...