विघटित संसद् बौरिने सपना नदेख्नुस्, अब नयाँ चुनाव हुन्छ नै : प्रधानमन्त्री ओली

Kp oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद् अब नबौरिने बताएका छन् । आइतबार काठमाडौँमा आफ्नो समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरे ।

उनले भने, ‘संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयो भयो, नयाँ चुनाव हुन्छ हुन्छ ।’ संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको भन्दै उनले भने, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र ?’

कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिजाउन खोजेको आरोप लगाए । त्यस्ता भ्रममा नपर्न आग्रह गर्दै उनले भने, ‘चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्ने छैन ।’‘

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...