नेकपामा आधिकारिकताको सकस : दुबै पक्षलाई आधिकारिकताको प्रमाण पेश गर्न आयोगको ताकेता

Nirbachan aayog

काठमाडौं । जब सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजन भयो, त्यसलगत्तै आधिकारिकताको प्रश्न उठ्यो । अनि विभाजनको दोश बोक्न नचाहेका केपी ओली समुह तथा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले आफु नै नेकपाको आधिकारिक पार्टी भएको दावी गर्दै निर्वाचन आयोगमा पुगे ।

एउटा हास्यास्पद कुरा चाँही के भने प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफु निर्वाचन आयोगका चुनाव चिन्ह र नेकपाको दावी गर्दै आयोग नपुगेको बताउन भ्याए भने ओलीले नै अर्काे समुहलाई निर्वाचन आयोगले रितपूर्वक निवेदन आएकाले आफु नै आधिकारिक भएको दावी गर्न भ्याए ।

अध्यक्ष ओलीको भनाई भुइँमा खस्न नपाउँदै आयोगका अधिकारीहरुले आयोगका आएका कुनै पनि निवेदन फिर्ता नहुने बताएर ओलीको भनाईको अनौपचारिक रुपमा खण्डन गरे । अर्कातिर आयोगले दुबै पक्षलाई आफू आधिकारिक रहेको पुष्टि गर्ने प्रमाणसहित कानुनी ढाँचाको निवेदन लिएर आयोगमा आउन पत्राचार गरेको छ ।

आयोगको शनिबार बसेको बैठकले राजनीतिक रुपमा विभाजित नेकपाका दुबै पक्षलाई आफ्नो पक्षको आधिकारिकता पुष्टि गर्ने प्रमाणसहित दावी निवेदन पेस गर्नका लागि पत्र पठाएको हो ।

आयोगले दुबै पक्षलाई कानुनी ढाँचामा निवेदन ल्याउन पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ बताउँछन् । पत्रमा म्याद भने तोकिएको छैन । सामान्यतय नतोकिए पनि सामान्यतया यस्तो पत्रको म्याद एक साताको हुने गर्दछ ।

आयोगले पत्र पठाएसँगै ओलीको झुट कुराको पर्दाफास भएको छ भने ओलीलाई विवाद हुनुअघिको अवस्थाको केन्द्रिय समितिबाट बहुमत देखाउन हम्मे पर्ने देखिएको छ भने उनका अनेक झुटलाई लुकाउन कठिन हुने देखिएको छ ।

पार्टीमा विभाजन हुनुअघिको अवस्थामा भने दाहाल नेपाल समुह स्पष्ट बहुमतमा छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...