प्रचण्डलाई भेट्न खुमलटार पुगे तटस्थ बसेका वामदेव गौतम, के भयो सहमति ?

Parchanda bamdev gautam

काठमाडौं । अनौपचारिक रुपमा विभाजन भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

अधिकांस नेताहरुले आफ्नो कित्ता फाइनल गरिसकेका बेला गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् ।

यसअघि प्रचण्ड र माधवकुमार नेपालको गठबन्धनमा रहँदै आएका गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा बिमति जनाएका छन् । तर, गौतम प्रचण्ड र माधव समूहमा गएका छैनन् । प्रचण्डले भने गौतम आफूहरुसँगै उभिने बताउँदै आएका छन् ।

यद्यपि गौतमले अझैं कतातिर लाग्ने भने टुंगो लगाएका छैनन् । गौतम कतैतिर नखुल्दा विभिन्न शंका उपशंका जन्मिएका छन् । तर, गौतमले ओलीको कदमलाई भने गलत मान्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...