नेकपाको लफडा : एकअर्कालाई कारवाही गर्ने होडवाजी तीव्र, शेरधनले गरे १५सांसदलाई कारवाही

Vim aacharya

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विभाजनको बादलले सबै प्रदेशमा ढाकेको छ । अधिकांस प्रदेशमा एकअर्काले कारवाही गर्ने होडवाजी चलिरहेको छ । यसैक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अर्काे समुहका सांसदहरुलाई कारवाही गरेका छन् ।

बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेर भीम आचार्यलाई दलको नेता चयन गरेको आवेशमा मुख्यमन्त्री राईले अर्को समुहका १५ जना सांसदलाई तीन महिनाका लागि कारवाही गरेका छन् ।

राईले भीम आचार्यसँगै ईन्द्र आङ्बो, जीवन घिमिरे, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुमकुमारी श्रेष्ठलाई निलम्बन गरेका छन् ।

जवाफ पेश नगरेकाले राईले काटेको पत्रमा भनिएको छ, नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ ९ग० को ९२० ९४० बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ । साथै संसदीय दलको सदस्य निलम्बन गरिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’

यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाएका छन् भने आइतबार राईविरुद्ध ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता भएको थियो । राईले भने अविश्वासको प्रस्ताव दर्ता गरेकोमा स्पष्टीकरण सोधेका थिए ।

 

प्रतिकृया दिनुहोस