यमनमा प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरू माथि आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

 116308364  116304636 mediaitem116304634

एजेन्सी । यमनको दक्षिणी शहर अदनस्थित एक विमानस्थलमा बम विस्फोट हुँदा २२ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते भएका छन् । मारिनेहरूमा अधिकांश सरकारी अधिकारी र कर्मचारीहरू रहेको बीबीसीले उल्लेख गरेको छ ।

सो जहाजले छिमेकी देश साउदी अरबबाट नयाँ सरकारका सदस्यहरूलाई लिएर आएको थियो । जहाज अवतरण हुनासाथ विमानस्थलमा ठूलो विस्फोट भएको थियो ।

बुधबार भएको हमलाको एक भिडियो सार्वजनिक भएको छ, जहाँ हमला भएको स्पष्ट देखिएको छ । मन्त्रीपरिषद्का नवनियुक्त सदस्यहरूलाई स्वागत गर्न विमानस्थलमा धेरै मानिसहरू उपस्थित भएका थिए ।

त्यहाँका सूचनामन्त्रीले यो हमलाको जिम्मेवार हुथी विद्रोही समूह रहेको बताएका छन् । हुथी विद्रोहीलाई इरानले सहयोग गरिरहेको आरोप लाग्ने गरेको छ ।

हुथी विद्रोहीहरूले यमनको अधिकांश पश्चिमी हिस्सामा नियन्त्रण गर्दै अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मन्सुर हादीलाई देश छाडी भाग्न बाध्य पारेका थिए । त्यसपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा सैनिक हस्तक्षेप गरेको थियो । अहिले यमनको हालत झन् खराब भएको छ ।

साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्ग (टरम्याक) मा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ । अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ ।

यमनको एउटा समाचार वेबसाइट अल–मस्दरले श्रम मन्त्रालयका उप सचिव मारिएको र दुई जना उप–मन्त्री घाइते भएको उल्लेख गरेको छ । प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो ।

सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो । युद्धमा अहिलेसम्म १ लाख १० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...