ओलीको कडा प्रश्न, आफु अल्पमतमा भएको थाहा नभएको हो र ?

‘पार्टीभित्र माधव गुट छँदै थियो, मलाई थाहा थिएन र ?

Kp oli 15

काठमाडौं । बहुमतको सरकार भएकै बेला प्रतिनिधिसभा विगठन गरेर आलोनाका पात्र बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखमा हुने निर्वाचनमा सहभागी बने आफुले नेकपाको अध्यक्ष त्याग्न तयार रहेको बताएका छन् ।

प्रधानमनत्री ओलीले चुनाव गराउने भए नेकपाको अध्यक्ष छोड्न तयार रहेको बताए । उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल तयार हुनुपर्ने बताए ।

आफू निकटका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा बुधबार ओलीले पार्टीभित्र आफू जहिले पनि निर्वाचित भएर आएको तर दाहाल र नेपालमा भने पार्टीभित्र निर्वाचनमा जान आँट नभएको बताए ।

‘उहाँहरू चुनावमा आउन तयार हुनुहुन्न । उहाँहरू अध्यक्ष मागिरहनुभएको छ । अध्यक्ष छोडिदिने हो, ठीक छ । आउनुस् न त चुनाव गरौं । म छोडिदिन्छु, चुनाव गरौं । चुनाव गर्न आँट गर्नुहुन्न’ ओलीले भने । दाहाल र नेपालले सोझै अध्यक्ष दिनुपर्ने माग गरेको ओलीको भनाइ थियो ।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा बहुमत रहेको स्वीकार गरेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका हुन् ।

प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप लगाउने क्रममा ओलीले बहुमतको दुरुपयोग भएको बताए । ‘पार्टीभित्र माधव गुट छँदै थियो, मलाई थाहा थिएन र ? माधव गुट छ । फेरि प्रचण्ड गुट । उसलाई उत्तिकै सिट दिँदाखेरि, दुईवटा मिल्दाखेरि बहुमत पुग्छ उता भन्ने मलाई थाहा थिएन र ?’, ओलीले भने ।

प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनतर्फ उन्मुख भएको छ । ओली पक्षले दाहाललाई कारबाही गरेको छ भने दाहाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई मनोनित गरेको छ । त्यस्तै, संसद् विघटन गरेर जनतामा जाने घोषणा ओलीले गरेका छन् भने त्यसको विरुद्धमा दाहाल र नेपाल पक्ष सडक संघर्षमा लागेका छन् ।

संसद पुनर्स्थापना नहुने भएकाले निर्वाचनमा जुट्न प्रचण्ड र माधव समूहलाई ओलीले आग्रह गरे । संसद पुनस्र्थापना गर्न संविधानले नै नमिल्ने ओलीको जिकिर थियो । ‘संसद पुनर्स्थापना संविधानले नै मिल्दैन । संसदको ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ म । त्यस हिसाबले विघटनको सिफारिस गरेको छु, विघटन’, ओलीले भने ।

 

 

प्रतिकृया दिनुहोस