धनकुटाको चुङवाङमा कांग्रेस प्रवेश गर्नेको ओइरो

Nepali congres chunbang

धनकुटा । धनकुटाको पाख्रिवासको चुङवाङमा नेपाली कांग्रेसमा विभिन्न पाटी परित्याग गरी सयौको संख्यामा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस चुङवाङको आयोजनामा भएको पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रममा नेकपा, जनता समाजवादी पार्टी र राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा सयौको सख्यामा प्रवेश गर्नेहरुलाई सहमहामन्त्री पूर्वमन्त्री सुनिलबहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायाण श्रेष्ठ, जिल्ला समापति अग्नीप्रसाद पौडेल, केन्द्रिय विभागका सदस्य आनन्द सन्तोषी राई, जिल्ला उपसभापाति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई लगायतले टिका माला लगाई दिएका थिए ।

सो सभामा नेपाली कांग्रेस सहमहामन्त्री सुनिलबहादुर थापाले संविधानको रक्षार्थ नेपाली जनताले संघर्ष गर्ने दिन आएको बताए । जनताले संघर्षले बनाएको संविधान ओली सरकारले कुल्चिएकाले संविधान बचाउन जरुरी थापाले बताए ।

सो सभामा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले लोकतन्त्र माथि प्रहार गर्नेहरुको विरुद्ध कांग्रेसले सशक्त ढंगले प्रतिरोध गर्ने बताए । प्रदेश सभा सदस्य लिला सुब्बाले वर्तमान सरकार संघियताको मर्म र भावना अनुरुप चल्लन नसकेको बताइन् ।

नेपाली कांग्रेस धनकुटका सभापति अग्नीप्रसाद पौडेल, नेपाली कांग्रेस आदिवासी जनजाती केन्द्रिय विभागका सदस्य आनन्द सन्तोषी राई, संविधान सभा सदस्य अञ्जना ताम्ली, पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, सहसचिव सिता प्रधान, जिल्ला सदस्यहरु ज्ञानु गुरुङ, सुमना तिम्सिना, जयन्द्र घिसिङ, नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमला, नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत, आदिवासी जनजाती संघका जिल्ला उपाध्यक्ष मिना राई, नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका उपसभापति प्रेम भण्डारी लगायतले  लोकतन्त्र र संविधानको पूर्ण रक्षार्थ सबै जनता एक हुनुपर्नेमा जोड दिए । 

प्रतिकृया दिनुहोस