प्रचण्डले भने, ओलीले बयलगाडामा चढेर देशलाई भड्खालेमा हाले

Prachanda 14

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा प्रतिनिधिसभा भंग गरेपछि नेकपाभित्र आरोप प्रत्यारोपको खेल तीव्ररुपमा भइरहेको छ । एकले अर्कालाई वर्ग शत्रुझै गरेर आरो लगाइरहेका छन् ।

यही बेला राजनीतिक रुपमा विभाजित सत्तारुढ नेकपाको प्रचण्ड माधव समूहका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बयलगाढाको सिद्धान्त बोकेका प्रधानमन्त्री केपी शर्मा ओली अझै बयलगाढामै रहेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी पनि मागेका छन् ।

प्रचण्डले ओलीले संसद विघटन गरेर कलंकको टिका लगाएको भन्दै अब जनतामाझ गल्तीको माफ नमागेसम्म उनी कलंकित भइरहने पनि ठोकुवा गरे । ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उनको आरोप छ ।

‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो । हामीले सच्चिनुभयो होला भन्ने मान्यौं ।’

संघीयता र गणतन्त्रका विरोधी रहेका ओलीलाई आफूले सुधारेको सम्झिए पनि उनी अफै यी सबै व्यवस्थाको विरोधी रहेको संसद विघटनको कदमले पुष्टि गरेको बताएका छन् ।

प्रचण्डले ओली संविधान विरोधी र संघीयता, लोकतन्त्र र जनभावनाको कदर नगर्ने व्यक्ति भएको भन्दै संविधानमा हुँदै नभएको प्रावधानअनुसार सदन भंगको घोषणा गरेपनि आफूहरु जिउँदै भएकाले सदन जिउँदो भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...